नियम १८
लाभांशको रकमलाई निकायको आय गणना गर्दा समावेश गर्नु नपर्ने
(१) ऐनको दफा ५६ को उपदफा (३) को प्रतिवन्धात्मक बाक्यांशको प्रयोजनको लागि कुनै निकायले देहायको कार्यको लागि कुनै हिताधिकारीलाई सो निकायको व्यवसाय सञ्चालनको सिलसिलामा नभै अन्य कारणले मुनाफा बाहेकको लाभांश वितरण गरेमा आय गणना गर्दा समावेश गर्नु पर्ने छैनः–
(क) सो निकायबाट हिताधिकारीलाई उपलब्ध गराईएको सेवा, वा
(ख) हिताधिकारीको प्रयोगको लागि उपलब्ध गराइएको सो निकायको स्वामित्वमा रहेको सम्पत्ति ।
(२) उपनियम (१) बमोजिमको अवस्थामा त्यस्तो सेवा वा सम्पत्तिको सम्बन्धमा ह्रास कट्टी लगायत कुनै पनि खर्च कट्टी गर्न पाइने छैन ।